Help for Our Legend Singer Ganga Bardan
Donation protected
बि. स. २०३५ सालमा स्वरपरिक्षा उर्तिर्ण नगरिकनै सिंहदरबार स्थित रेडियो नेपालमा गायक गंगा बरदानले "कहाँमा काट्यो बेतको लौरी" गीत रेकर्ड गर्ने मौका पाएका थिए।यस अघि आफ्नो जन्मथलो भोजपुरमै आयोजित लोक तथा नृत्य प्रतियोगितामा "दाई त काले भाई पनि काले काले काले मिलेर खाउँ भाले" बोलको आफ्नै संकलन तथा स्वर रहेको गीत १६ वर्षको कलिलो उमेरमा नै दोस्रो स्थान प्राप्त गरि रु ५०००/- पुरस्कार पाएका थिए।
त्यसको ६ बर्षपछि बि. स. २०३१ सालमा धरानमा आयोजित पुर्वान्चल ब्यापी लोक गीत प्रतियोगितामा "छपनीले छान छान डबकीले हान" बोलको गीतबाट प्रथम स्थान हात पारेका थिए भने बि. स. २०३२ सालमा बजारै भरौन धरानै र बि. स. २०३३ सालमा धरानको पब्लिक हाईस्कुलको मैदानमा आयोजित कार्यक्रममा अरुनै तर्यो बरुनै तर्यो बोलको गीत प्रस्तुत गरेका थिए। यस हिसाबले हेर्दा उनको संगीत यात्राले ५० बर्ष पनि नाघिसकेको छ। आजभन्दा ७० वर्ष अघि बि. स. २००९ साल फागुन २ गते आमा धनमाया मास्के र बुबा मान बहादुर मास्केको सन्तानको रुपमा भोजपुर जिल्लाको दिङ्गला भन्ज्यांगमा जन्मनु भएका लोकप्रिय गायक , संगीतकार , रचनाकार गंगा बरदानको जोश भने यथावत नै छ।
उनको यहि जोशलाई होस्टेमा हैंसे थप्ने अभिप्रायले हामीले उनका केहि पुराना गीतहरु रि-रेकर्ड गरिदिने र भिडियो समेत निर्माण गरिदिने क्रममा उनले पहिलो पल्ट रेडीयो नेपालमा रेकर्ड गरेको गीत "कहाँमा काट्यो बेतको लौरी" लाई नयाँ भर्शनमा रि-रेकर्ड गरेका छौ। साथै सानै देखि संगीतमा होमिएका गायक -रचनाकार गंगा बरदानको आर्थिक स्थितिलाई मध्य नजर गर्दै हामीले आउँदो मंसीर महिनामा (November) "गंगा बरदान स्वर्णिम साँझ २०८०"; समेत आयोजना गर्ने जमर्को गर्दछौ। उक्त कार्यक्रमबाट तथा अन्य वहाँका शुभचिन्तक तथा यस gofundme मार्फत सहयोग गर्नुभएको सम्पूर्ण रकम एउटा कोष खडा गरी उनले प्रयोग गर्न पाउने गरी चलायमान गर्ने हाम्रो अठोट रहेको छ। सम्पूर्ण दाताहरुको नाम सोही कार्यक्रम मार्फत सार्वजनिक समेत गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ।
गंगा बरदान लाई माया गर्नुहुने विश्वभर छरिएर बस्नुभएको श्रोता- दर्शक बृन्दहरुमा हाम्रो आग्रह रहेको छ।
धन्यबाद।
Organizer
Saurav Shrestha and Sureshkumar Pariyar
Organizer
England