
कवि टंकमणि अधिकारीको क्यान्सर रोगको उपचारको लागि
Donation protected
हार्दिक अपील
प्रखर लोकतन्त्रवादी अभियन्ता, श्रमिक आन्दोलनका नेता एवम् कवि टंकमणि अधिकारी, ६७, आन्द्राको क्यान्सर रोगबाट गम्भीर रूपले पीडित भई सघन किसिमको उपचार गराउँदै हुनुहुन्छ । केही दिन अघि उहाँको आन्द्राको शल्यक्रिया गरिएको थियो । अबको उपचार आधुनिकतम सुविधासम्पन्न अस्पताल लगी गराउनु पर्ने अवस्था छ ।
पूर्वी पहाडी जिल्ला भोजपुरको सामान्य किसान परिवारबाट आएका टंकमणि अधिकारीले जीविकोपार्जनका लागि जनक शिक्षा सामग्री केन्द्रमा मध्यम दर्जाको कर्मचारीको हैसियतले लामो समय काम गर्नु भएर अवकास लिनु भएको हो । आफ्नो र परिवारको लागि सर-सम्पत्तिको जोहो गर्नु वा संग्रहप्रति मोह राख्नु भन्दा देशमा लोकतन्त्रको पुनर्बहाली गर्ने मिसनप्रति बढी समर्पित टंकमणि भोजपुरका अग्रणी लोकतन्त्रवादी नेताहरूको पहिलो पंक्तिमा पर्नु हुन्छ । नेपाल ट्रेड युनियन कांग्रेसको पुनर्स्थापना-कालदेखि नै उहाँले त्यसको एक स्तम्भका रूपमा काम गर्नु भएको हो ।
पछिल्लो समयमा उहाँ एक भावप्रवण कविको रूपमा पनि चर्चित र प्रशंसित हुनुहुन्छ । २०७७ सालमा प्रकाशित उहाँको कविता सङ्ग्रह "म जलेको चिता" ले कविताका पारखी पाठक र समीक्षकहरू दुवैबाट प्रशंसा पाएको थियो । उहाँको दोस्रो कविता सङ्ग्रह "हिटलर र भाले" प्रेसमा पठाउन ठीक्क पारिएको अवस्थामा छ । उहाँ अचानक अस्वस्थ भएपछि त्यसको छपाइ रोकिएको छ ।
निष्ठा, आदर्श र ध्येयप्रतिको समर्पण-भावले ओतप्रोत व्यक्तित्व एवम् एक प्रतिभाशाली कवि टंकमणि अधिकारीलाई बचाउन राम्रो भन्दा राम्रो उपचार सुविधा दिलाउन सकेको आर्थिक सहयोग गरेर हातेमालो गरौँ । उहाँले आफूले सकेको बेलामा समाजलाई धेरै दिनु भएको छ अब पालो नेपाली समाजको ।
Organizer
Parshuram Bhandari
Organizer
Ashburn, VA