क्यान्सर पिडित सेफ प्रेमलाल घिसिङको सहयोगार्थ
Donation protected
नेपाल , नेपाली र लोपोन्मुख रैथाने मौलिक खानासँग जोडिएको नाम हो " सेफ प्रेमलाल घिसिङ " उहाँले रैथाने खाना र मैलिकताको खोज, अध्ययन , अनुसन्धान र संरक्षण गर्न "१०० दिने रैथाने खाना खोज " अभियान सम्पन्न गरी नेपाल , नेपाली र विश्वजगतलाई नेपाली रैथाने लोपोन्मुख खानालाई अभियानमार्फत चिनाए। जुन खाना नेपालको हावापानी , भौगोलिक संरचनागत , समय सापेक्ष जातजाति र भाषाभाषीको दैनिकी र चाडपर्वविषेश मौलिक र पहिचानविषेश खानाको रुपमा लिइन्छ तर आज बदलिँदो परिवेश , आयातित खानापरिकार र बिउबिजनले रैथाने खाद्यान्न संकटमा परेको बेला " १०० दिने रैथाने खाना खोज अभियान " सन्चालन गरी विभिन्न जातजाति , भाषाभाषीको चुल्होमा पुगेर मौलिक खाना खोज अभियान सफल पारे । रैथाने खाना खोज अभियन्ता सेफ घिसिङले नेपाली चौरासी व्यन्जन खानासमेतलाई अहिले स्थापित गरेका छन् , तर अहिले उनी क्यान्सर जस्तो रोगसँग लडिरहेको छ। यतिखेर सहयोगी हातहरुको खाँचो छ।तसर्थ व्यक्ति , संस्था सरकारी तथा गैरसरकारी संघसंस्था , स्वदेश तथा विदेश रहनुहुने महानुभावहरु सबैले सेफ प्रेमलाल घिसिङ बचाऔं अभियानलाई आर्थिकरुपबाट सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछु / गर्दछौं ।
Organizer
Kabi Lal Ghising
Organizer
Schwenksville, PA