Nepali Bhasha Pathshala, Colorado Fundraiser
Donation protected
Nepali Bhasha Pathshala, Colorado Fundraiser
INLS Colorado Chapter is launching its one-time-only fundraising campaign today to support Nepali Language Schools of Colorado. We are operating two schools in Northglenn and Aurora city to teach Nepali language and culture to Nepali American kids. Altogether 120 plus students have registered this summer in two schools. These schools will run for 4 months and the operating cost for both schools is around $8,000. Students are charged a very nominal registration fee of $25 (one kid) or $35 (multiple kids from a single family) which has generated $2,200. Each week we are spending $110 on rental fees for three rooms in Aurora, about $300 on printing, and about $150 for snacks. Some volunteer parents, individuals, and organizations are covering snacks and printing costs. But there is still a big discrepancy in our budget which INLS, Colorado Chapter cannot cover itself. We are requesting and counting on all the organizations, individuals, and entrepreneurs of the Colorado Nepali community to fulfill this gap.
Our goal is to raise $15,000.00 to cover the operation cost for this year and the following year. We are working on the grant proposal and hopefully, we will be able to line up some funding for the schools with the government within 2-years period. Also, several organizations have already pledged the donation amount to support our schools. We request all of you to donate the pledged amounts through GoFundMe because this will make it easier for you to get the tax deduction.
Thank you for your commitment, generosity, and your unwavering support to INLS, Colorado Chapter, and Nepali Language School.
Sincerely,
INLS, Colorado Chapter
________________________________
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाले कोलोराडोमा संचालन भइरहेका नेपाली भाषा पाठशालाहरूको सहयोगार्थ शुरु गरेको यो सहयोग रकम संकलन अभियानमा आफूले सकेको सहयोग गर्नुहुन यहाँहरू सबैमा हार्दिक अनुरोध गर्दछौं । हाल नर्थग्लेन र अरोरामा गरी दुई ठाउँमा नेपाली भाषा पाठशालाहरू संचालनमा छन् । यी पाठशालाहरूमा अहिले करिब १२० भन्दा बढी विद्यार्थीहरू भर्ना भएका छन् र दुवै विद्यालय गरेर कूल विद्यालय संचालन खर्च करिब ८,००० अमेरिकी डलरको हाराहारीमा पुग्ने अनुमान गरिएको छ । अरोरा स्कूलमा प्रत्येक हफ्ता तीन वटा कक्षाकोठाहरूको भाडा स्वरुप ११० डलर बुझाउनुपर्छ । दुइटै स्कूल गरेर प्रिन्टिङमा अनुमानित ३०० डलर र खाजामा अनुमानित १५० डलर प्रत्येक हफ्ता खर्च हुन्छ । यसमध्ये विद्यार्थीहरुको भर्ना (एक जना विद्यार्थीको २५ डलर र एउटै परिवारबाट दुई वा दुई भन्दा बढी विद्यार्थी भए ३५ डलर)बाट करिब डलर संकलन भएको छ । हाल केही सह्रदयी अभिभावक र दाताहरूले खाजा र नर्ग्थग्लेन स्कूलको लागि प्रिन्टिङ गरिदिरहनुभएको छ । त्यसको बाबजूद पनि अनेसास, कोलोराडो शाखा एक्लैले पाठ्शालाहरूमा हुने सबै खर्च धान्न असम्भव प्राय: नै छ । त्यसैले हामी कोलोराडोको नेपाली समुदायलाई प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण संस्थाहरु, उद्योगपति तथा व्यपारीहरू, बौद्धिक व्यक्तित्वहरू र सर्वसाधारण महानुभावहरूलाई यस अभियानमा सहयोग गर्नुहुन र आफूले चिनेजानेका साथीभाइ तथा परिवारजनमा यो कार्यबारे जानकारी गराउन र उहाँहरूलाई सहयोगको लागि उत्प्रेरित गरानुहुन हार्दिक अनुरोध गर्दछौँ ।
हालको लागि यो अभियानको लक्षित रकम १५,००० डलर निर्धारण गरिएको छ । उक्त रकमले करिब दुई बर्षको लागि स्कूल संचालनको खर्च पुर्याउन सकिने अनुमान गरिएको छ । यसैबिच पाठशालाहरूको लागि स्थायीरुपमा सरकारी अनुदान प्राप्त हुने व्यवस्था मिलाउनको लागि अनुदान प्रस्ताव लेख्ने कार्य पनि जारी रहनेछ । गोफन्डमीमा यो सहयोग अभियान शुरु गर्नु अघि नै केही दयालु व्यक्तिहरू तथा संस्थाहरूले विद्यालयको लागि सहयोग रकम बोलिसक्नुभएको छ । यहाँहरूले बोल्नुभएको उक्त रकमहरू पनि यही गोफन्डमी अभियानमार्फत दान गर्नुहुन आग्रह गर्दछौँ जसले गर्दा यहाँहरूलाई कर छुट प्रक्रियाको निमित्त सजिलो हुनेछ ।
अनेसास, कोलोराडो शाखा र नेपाली भाषा पाठशालालाई यहाँहरूले दिनुभएको साथ, तथा यहाँहरूले देखाउनुभएको सदाशयता र प्रतिबद्धताको निमित्त अनेसास, कोलोराडो शाखा यहाँहरूप्रति अत्यन्त आभारी छ ।
भवदीय
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखा
Organizer
Nepali Ghar
Organizer
Englewood, CO