Main fundraiser photo

प्रदेश नं १ - रक्तसंचार मोवाइल बस परियोजना

Donation protected
आदारणिय दाजु भाई, दिदि वहिनी, वुवा आमा तथा साथीहरु नमस्कार,

नेपालको रक्तसंचार क्षेत्रको गुणस्तर बृद्धीका लागी रगत संकलन वढाउदै विरामीको आफन्त हरुको दौडधुप विनै सहज रुपमा विरामीहरुलाई रगत दिन सक्ने अवस्था सिर्जना गर्न गैरआवासीय नेपाली संघले करिब ६ बर्ष देखि नेपालमा काम गर्दै आइरहेको छ। नेपालको सातवटै प्रदेशमा रक्तसंचार मोवाइल बस प्रदान गरि रगत संकलन बढाउने गैरआवासीय नेपाली संघको योजना अनुरुप २ बटा बस प्रदान भइसकेको छ र यसले स्थानिय स्तरमा राम्रो छाप पारेको जानकारी पनी हामीलाई प्राप्त भयको छ। यस अभियान लाई अझ वृहत वनाउदै सातै प्रदेशमा रक्तसंचार वस प्रदान गर्ने एन आर एन को प्रयास जारी छ। सो परियोजना अन्तर्गत प्रदेश नं १ मा रक्तसंचार मोवाइल बस परियोजनाको नेतृत्व गैरआवासीय नेपाली संघ क्यानडाले गर्न पाउनु खुसीको कुरा हो।

करिव ५० लाख जनसंख्या भएको प्रदेश १ मा गत बर्ष करिव १२ हजार रक्तदान भएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार जनसंख्याको २ प्रतिशत रगत संकलन भएमा औसतमा आवस्यक विरामीहरुलाई निर्वाध रुपमा रगत चढाउन सकिन्छ भन्ने छ। यसरी हेर्दा नेपालको प्रदेश नं १ मा धेरै नै कम संकलन भइरहेको देखिन्छ। जसको कारण कतिपय आपतकालिन अवस्थामा पनि रगत अभाव भयको कारण विरामीको ज्यान जान सक्ने जोखिम रहेको देखिन्छ। रक्तदान मोवाइल ब्लड बस प्रदान गर्दा रक्तदाता बढ्ने भएका कारण रगत नपाएर विरामीले उपचार नपाउने जोखिम कम गर्न सकिन्छ कि भन्ने हाम्रो वुझाई छ। आपतकालिन अवस्थामा दुर्घटना स्थलमै प्राविधिक टोलि सहित पुगेर रगत चढाउन सक्ने प्रविधी समेत यस वसमा रहेको छ। त्यस्तै रक्तदान कार्यक्रम नभएको अवस्थामा स्वास्थ्यका अन्य क्षेत्रहरु जस्तै मेमोग्राम राखेर ग्रामिण क्षेत्रमा क्यान्सर स्कृनिगंमा पनि यो बसको प्रयोग गर्न सकिने जानकारी गराउन चाहन्छौ।

अन्तमा, तपाई हाम्रो आफन्त एवं नेपालीहरुको जीवनसंग प्रत्यक्ष जोडिएको यो परियोजनामा आफुले सकेको सानो सहयोग गरिदिनु हुन सवैमा हार्दीक अनुरोध गर्दछौ। एक एक थोपा मिलेर सागर वनेझै तपाईं को सानो सहयोग कसैको लागी जिवनदान वन्न सक्छ।

धन्यवाद|

Team NRNA Blood Bus Project-Province No 1

Donate

Donations 

    Donate

    Organiser and beneficiary

    NRNA Canada Blood Bus Project
    Organiser
    Calgary, AB
    Yam Khatri
    Beneficiary

    Your easy, powerful and trusted home for help

    • Easy

      Donate quickly and easily

    • Powerful

      Send help directly to the people and causes you care about

    • Trusted

      Your donation is protected by the GoFundMe Giving Guarantee