Main fundraiser photo

PLEASE DONATE TO SAVE OUR SANĀTANĪ CULTURE

Donation protected
Namaste Everyone!
I (Dr. Swami Keshavananda) would like to present SAṂSKĀRA ŚIKṢĀ (Moral Education) book. I have created this book in order to help the younger generation in their journey to become more culturally aware in SANĀTANA (Hindu, Bauddha, Kirat etc.) culture. This book introduces the teaching of our antecessors and the importance of following traditions in the SANĀTANA culture. This book gives several real-life story-based examples on different life lessons showing the proper ways to act, speak, pray, meditate etc. Furthermore, this cultural book also provides general information including small reads about the moon, water, colors of the sun, rotation of the earth, space, and many more interesting topics which have direct relationship in our day-to-day lives.
My main purpose is to be able to educate SANĀTANĪ children around the world on the importance of our ceremonies, rituals, routines and customs. Our world is slowly being enveloped by the influence of modern culture and thus, to keep a part of our originality I would like to produce and distribute this book to as many people as possible. I have included many colorful pages to engage the curiosity of children and also some exercises to make reading sessions more practical.
To help reach our goal, I ask that you please donate in order to make the production of this books a reality. Currently, I am looking for ways to make this book nationally and internationally available. My plan is to make this book economically friendly (free copy for people who are not able to pay) for everyone who is interested in purchasing and learning.
I have planned to produce 10,000 copies of the book at this time. The expected expenses including planning, writing, designing and printing is NRS 20 Lakhs (~$15,000). I have a strong belief that I will be able to raise the expected amount in timely manner with your kind support.
Thank you very much for your consideration and help.




सबैलाई नमस्ते !
म (डा. स्वामी केशवानन्द) “संस्कार शिक्षा” पुस्तक प्रस्तुत गर्न चाहन्छु । नयाँ पुस्तालाई सनातन (हिन्दू, बौद्ध, किरात आदि) संस्कृतिप्रति सचेत हुनका लागि उनीहरूको सनातन यात्रामा मद्दत गर्न यो पुस्तक तयार गरिएको हो । यस पुस्तकले हाम्रा पूर्वजहरूका बारेमा र सनातन संस्कृतिको महत्त्वलाई परिचित गराउँछ । धनहीन हुँदा समस्या नहुने तर चरित्रहीन हुँदा पछि चरित्र कमाउन नसकिने भएकाले भावी पुस्ताका लागि चरित्र निर्माणका निम्ति यो पुस्तकको आवश्यकता रहेको छ । यसैले हरेक व्यक्तिले यसको आवश्यकता महसुस गर्न थालेको छ ।
पुस्तकमा देवनागरी लिपिको अक्षरारम्भदेखि नै बालबालिकालाई संस्कार सिकाउने गरी पाठ राखिएको छ । साना बालबालिकालाई पढ्नमा रुचि जगाउन ‘आफ्नो नाममा आउने अक्षरमा रङ भर’ जस्ता अभ्यास पनि राखेर पढ्न आकर्षित गरिएको छ । आधुनिक बालबालिकाले ह्रस्व, दीर्घ र प्लुत भनेको नै नबुझ्ने अवस्था आउन थालेकाले पुस्तकमा त्यससम्बन्धी पाठहरू समावेश गरिएका छन् ।
यस पुस्तकमा विभिन्न देवी-देवताहरूको ध्यान, स्तुति एवं वन्दना समावेश गरिएका छन् । नैतिक आचरण र आफ्ना सामाजिक मूल्य मान्यतालाई सहज र सरल तरिकाले प्रस्तुत गरिएको छ । सनातनीहरूको मौलिक पर्व, जात्रा एवं मेलाहरूलाई चित्रात्मक रूपमा प्रस्तुत गरिएको छ । हरेक अध्यायमा नीतिपरक कथाहरू समावेश गरिएका छन् । विभिन्न साना शीर्षक दिएर आकर्षक र चित्रात्मक शैलीमा विभिन्न विषयहरूको पाठहरू समावेश गरिएका छन् । संस्कारमूलक प्रस्तुत पुस्तकमा हाम्रा दैनिक जीवनमा प्रयोग गरिने कुश, जल, पञ्चामृत आदि विषयहरू समाविष्ट छन् भने सांस्कृतिक रूपमा रहेका बाजा, पञ्चपात्र, धूपधूपौरो, मूर्ति आदिका विषयमा चर्चा गरिएको छ । त्यसैगरी सूर्य, अयन, बार, नक्षत्र, राशि आदि ज्योतिष एवं गणितीय विषयमा पनि बालबालिकाहरूका लागि उपयोगी पाठहरू तयार गरिएका छन् ।
मेरो मुख्य उद्देश्य संसारभरका सनातनी बालबालिकाहरूलाई हाम्रा संस्कार, दिनचर्या र चलनहरूको महत्त्वबारे सिकाउन सक्षम हुनु हो । हाम्रो संस्कार आधुनिक संस्कृतिले प्रभावित हुँदै गएको छ । त्यसैले हाम्रो मौलिकताको संरक्षणका लागि यो पुस्तक सकेसम्म धेरै मानिसहरूलाई वितरण गर्ने लक्ष्य लिएको छु । यस पुस्तकमा बालबालिकाहरूमा सनातन संस्कृतिप्रति रुचि उत्पन्न गरी जिज्ञासा समाधानका लागि रंगीन पृष्ठहरू समावेश गरिएका छन् । साथै पठनक्रियालाई सशक्त बनाउन केही अभ्यासहरू पनि समावेश गरिएका छन् ।

मेरो लक्ष्य सफल पार्नका लागि म यहाँहरूलाई उदारतापूर्वक यथाशक्ति दान गर्न अनुरोध गर्दछु । यस पुस्तकलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा उपलब्ध गराउनका लागि ठूलो परिमाणमा प्रकाशन गर्ने मेरो योजना छ । म यो पुस्तक किन्न र सिक्न इच्छुक सबैका लागि न्यूनतम मूल्यमा उपलब्ध गराउन चाहन्छु ।
मेरो हालको लक्ष्य १०,००० प्रति पुस्तक प्रकाशन गर्ने रहेको छ । योजना, लेखन, डिजाइन र मुद्रणका लागि अनुमानित लागत नेपाली रू. २०,००,०००/- (बीस लाख ) (~ USD 15,000) हो । अपेक्षित रकम सङ्कलन हुनेमा म विश्वस्त छु ।
यहाँहरूको सद्भाव र सहयोगका लागि धेरै धेरै धन्यवाद !!!







Donate

Donations 

  • Nischal Khadka
    • $5
    • 4 mos
  • Dharma Datta Dhakal
    • $50
    • 5 mos
  • Dinesh Koirala
    • $50
    • 5 mos
  • Janardan Neupane
    • $100
    • 5 mos
  • Satya Karki
    • $50
    • 5 mos
Donate

Organiser

Swami Keshavananda Giri
Organiser
Union, KY

Your easy, powerful and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help directly to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee