Main fundraiser photo

सहयोगको लागि अनुरोध ( Request for Help)

Donation protected
नमस्कार,
म र मेरो श्रीमान दिपेन्द्र जोशी बिगत ३ महिना देखि ड्यालसको युलेश स्थित एक अपार्टमेन्टमा बस्दै आएका छौं । म नेपालबाट र मेरो श्रीमान विस्कन्सनबाट टेक्सास आएका हौं । मेरो श्रीमान काम गर्ने आई.टि कम्पनीले एक महिना अघि विना सूचना कामबाट निलम्बन गरेपछि आधारभूत खर्च जुटाउन मेरो श्रीमान अपार्टमेन्ट नजिकको एउटा ग्याँस स्टेशनमा मेनेजर पदमा काम गर्न थाल्नु भएको थियो ।
स्टोरमा काम गर्न शुरु गरेको दुई हप्ता नपुग्दै जून ६ गते राती ११ः३० बजे स्टोरबाट बाहिर निस्किने बेला अज्ञात समुहले अन्धाधुन्ध १२÷१३ राउन्ड गोली प्रहार गर्दा मेरो श्रीमानको दाँया हातमा २ वटा गोली लाग्न पुग्यो । त्यसपछि घाईते अवस्थामा प्रहरीले Baylor Scott and white अस्पतालमा ईमेरजेन्सीमा भर्ना गरि अपरेशन भएको छ । मेरो श्रीमानको दायाँ हातको हड्डी पूर्ण रुपमा क्षती भएको छ । हाल हातको हड्डी जोड्न स्टिलको सपोर्ट राखिएको छ । डाक्टरका अनुसार हड्डी निकै क्षती भएकाले हातको हड्डी जोडिने सम्भावना न्यून रहेको छ । डाक्टरले कम्तीमा पनि ४÷ ५ महिना बेड रेष्ट गर्नुपर्ने सल्लाह दिएका छन ।
म भरखर नेपालबाट आएको हुनाले ड्राईभिङ आउदैन । भाषाको पनि समस्या पनि छ । अहिले बेरोजगार छु । मेरो श्रीमान अपाँग हुनु भएको छ । काम गर्न सक्ने अवस्था छैन । मलाई तत्काल आधारभूत खर्च कसरी जुटाउने भन्ने चिन्ताले पिरोलेको छ । अर्को कुरा मेरो श्रीमान घरको जेठो छोरा भएकाले नेपालमा पनि आधारभूत खर्च धान्नु पर्ने बोझ छ । मैले तत्कालको समस्या सामाधान गर्न मेरो नाममा गो फण्ड खोलेको छु । गो फण्ड मार्फत सक्दो सहयोग गरिदिन हुन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक अनुरोध गर्दछु|
धन्यवाद।
Hello,
My husband and I have been living in the Euless city for 3 months. I just came from Nepal and my husband moved Texas from Wisconsin. My husband had just started a job in a gas station. Some person in the middle of nowhere came and shot him for no reason. He is lucky to survive. But he got injured seriously with gunshot in the arm. Doctor advised for 4 to 5 months of rest for full recovery. Since I am new in the metroplex and he is the only person who works and makes money for the family, we are starting to go bankrupt. So, it is getting hard to live at the crucial situation. Therefore, I would request for your help as much as you can, as it will help us a lot to survive & pay bills.
Thank you in advance!

-Tanuja Binadi

Organizer

Tanuja Binadi
Organizer
Euless, TX

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee