Main fundraiser photo

UNHN-NYKP COVID Relief Fund for Hungry People

Donation protected
सबै सदस्यहरुमा नमस्कार,

बिश्वब्यापी रुपमा फैलिदै गरेको कोभिड-१९ ले हामी सबैजनामा पर्न गएको असर, असुविधा, दुःख अनि पीडाप्रति सबै जानकार नै छौँ। हामी मध्ये केहिले आफ्नो आफन्त गुमाएका छौ, कतिको व्यापार, ब्यबसाय डुबेको छ र कति बेरोजगार हुन पुगेका छौं। मातृभुमी नेपालमा कर्फ्यु अनि निषेधाज्ञाको कारणले दैनिक ज्याला, मजदुरी गर्न नपाउदा लाखौं नेपालीहरुलाई बिहान सान्झको छाक पनि टार्न हम्मेहम्मे परेको छ र भोकै सुत्नुपर्ने अवस्था समेत आइपरेको छ। अमेरिकामा त हामीले धेरथोर काम गरी वा सरकारी सहायता मा थोरै भएपनि राहत पाएका छौं । तर नेपाल जस्तो बिकासोन्मुख मुलुकमा यो महामारीको असर दिन प्रती दिन अझ प्रतिकुल हुँदै गएको छ। ज्याला मजदुरी गरेर बिहान सान्झको छाक काट्ने न्यून आय भएका लाखौं नेपालीहरुले अरु स्वास्थ्य सुबिधा त छोडौ २ छाक खान सम्म नपाएको समाचार दैनिक रुपमा आई नै रहेको छन् ।

नेपालमा केही संस्थाहरुले खान सम्म जोहो गर्न असमर्थ भएका नेपालीहरुलाई खाना खुवाउने देखि राहत वितरण गर्ने कार्य सम्म गर्दै आएका छन् । यिनै Non-profit संस्थाहरु मध्यको एक संस्था ‘हाम्रो सानो प्रयास’ ले COVID 19 को यस विषम परिस्थितिमा अहोरात्र खटेर नेपालका थुप्रै शहरहरुमा भोका रहेका ज्याला, मजदुरी गर्ने नेपालीहरुलाई खाना खुवाउने पुण्य कार्य गरिरहेको छ। बिदेशमा रहेर मातृभिमामा आफ्नै दाजुभाइ दिदिबहिनी भोकै रहि सयौंको संख्यामा खाना खान पाइने आशमा टुडिखेल, खुलामञ्चमा एकबिहानै लामबद्द भएको देख्दा हामीले अमेरिकाबाट पनि केही सहयोग गर्नुपर्छ भन्ने कुरामा साझा मत आएको छ। हामीले धेरै गर्न नसके पनि ‘हाम्रो सानो प्रयास’ संस्था मार्फत भोका रहेका दाजुभाइ दिदिबहिनिहरुको लागि केही छाकको लागि खाना र खाधान्न सम्म बितरण गर्ने निर्णय गरेका छौँ । यसका लागि हामी दुई फेसबुक ग्रुप US-Nepal Help Network (UNHN) र NY Nepali Kaam Post (NYKP) ले संयुक्त रुपमा सहकार्य गरी जति सक्दो सहयोग उठाउने सोचेका छौँ।

यो Gofundme बाट उठेको सम्पूर्ण रकम "हाम्रो सानो प्रयास" मार्फत अति बिपन्न अनि खाना खान समेत असमर्थ भएका नेपालीहरुको हातमा पारिने प्रतिबद्धता जाहेर गर्दछौँ। रकम अनि खाधान्न बितरणको प्रमाण सबै सामु सदा झै प्रस्तुत गर्ने नै छौँ । आशा गर्दछौँ कि बिगतमा जस्तै तपाईंहरुको साथ, सहयोग अनि समर्थन यस पटक पनि पाउने नै छौँ। आउनुहोस् आफुले सकेको सहयोग गरेर मातृभिमा रहेका भोका पेटहरुलाइ भोजन खुवाउने यस पुण्य कार्यमा सामेल बनौं ।
धन्यबाद ।

Dear members,

We all are aware of the impact, inconvenience, sorrow and pain that Covid-19 is having on the world. Some of us have lost our relatives, our businesses have sunk and many of us have lost our jobs. Due to the curfew and prohibition in motherland Nepal, millions of Nepalis have been struggling hard even to eat two times a day due to lack of daily wages. In the United States, we have been relieved by working few hours and with some government assistance. But in a developing country like Nepal, the impact of this pandemic is becoming unfavorable day by day. Let apart any health facilities, millions of low income Nepalis are struggling to manage daal bhaat 2 times a day. In Nepal, some organizations have been working to provide relief to Nepalis who are unable to afford food.

One of these non-profit organizations, 'Hamro Sano Prayas' is working day and night in this difficult situation to provide food to the hungry Nepalis in many cities of Nepal. Although we could not do much, we have decided to distribute some food and snacks to the hungry brothers and sisters through 'Hamro Sano Prayash'. For this, we two Facebook groups, "US Nepal Help Network" (UNHN) and "NY Nepali Kaam Post" (NYKP) have decided to work together to raise as much support as possible. We express our commitment to hand over the entire amount raised from this Gofundme to the most vulnerable, hungry and needy ones through "Haamro Saano Prayash". Proof of money and distribution of food will be presented to all as usual. Hope to get your help, support and donation like in the past.
Thank you
(Picture Credit : Hamro Sano Prayas - हाम्रो सानो प्रयास Facebook Page)

Donations 

  • Kshitiz Maharjan
    • $25
    • 4 yrs
  • Anonymous
    • $25
    • 4 yrs
  • Sita Tamang
    • $20
    • 4 yrs
  • Suman Rijal
    • $10
    • 4 yrs
  • Manoj Jamarkattel
    • $10
    • 4 yrs

Organizer

Bikram Raj
Organizer
Woodside, NY

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee