Ranjana Pandey Helping Fund
Donation protected
नवलपरासी,नेपाल स्थायी घर भई नेपाल ओलम्पिक कमिटीमा पूर्व कार्यरत हाल San Mateo California मा आफना साना साना दुईवटा बच्चाहरु संग बसोबास गर्दै आउनु भएकी संघर्षशील,मिलनसार बैनी रन्जु पाण्डे यहि oct 31 2016 मा ( Cross Walk ) दुर्घटनामा परि उपचार्थ Stanford Hospital Stanford, CA मा भर्ना हुनु भएको छ ! उहाका दुइवटा करंग,एउटा खुट्टा भाचिएको छ भने शरीर भरिनै गम्भीर चोट लागेको छ! उहाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ! गम्भीर चोटका कारण जीवन मृत्यु संग संघर्ष गर्दै लामो समय सम्म Hospital शय्यामा बस्नु पर्ने, पारिवारिक सदस्य यहाँ कोहि नभएको अबस्थामा बच्चाहरु कहाँ कसरी राख्ने उनीहरुको रेखदेख कसले गरि दिने, आर्थिक व्यवस्थापन कसरी गर्ने, कोठाको भाडा कसरी तिर्ने, यी मानसिक पीडाले अझै बढी चोट दिइरहेको छ ! शारीरिक चोटभन्दा मानसिक चोट अझै पीडादायी हुन्छ जुन हजुरहामीहरुले महसुस गर्न सक्छौ ! त्यसार्थ बैनीको यस्तो अबस्थामा स्थानीय नेपाली संघ संथाहरु, हजुर-हामीहरु सबै मिलेर आ-आफनो तर्फबाट के कसरी आर्थिक.सामाजिक,कानुनी सहयोग गरेर उनको पिडा कम गर्न सकिन्छ गरिदिनु हुन आमनेपाली समुदायहरुमा हार्दिक अनुरोध गर्दछु !
Statement source: Narayan Pokharel Facebook
Statement source: Narayan Pokharel Facebook
Organizer and beneficiary
Nanc CA
Organizer
South San Francisco, CA
Ranju Panday
Beneficiary